प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं, १० माघ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

प्रतिनिधि सभाको आज बस्ने बैठकका लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आजै सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।