दुई अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं, १३ कात्तिक । गैरकानुनी रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरीका अनुसार यादवले हालसम्म दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको प्रारम्भिक विवरणमा देखिएको छ।

विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने र खेलाउने कार्यसँगै अवैध रूपमा ठूलो परिमाणमा क्रिप्टोकरेन्सी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनुषासँग समन्वय गरी यादवलाई पक्राउ गरेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *