एकीकृत समाजवादीले बुझाए प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापनपत्र
काठमाडौं, १७ माघ । नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक सङ्कटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।
आज बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले मुलुकको पछिल्लो आर्थिक सङ्कटबारे ध्यानाकर्षण गराएको हाे ।
देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन एकीकृत समाजवादीले आग्रह गरेको छ।
संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य सीपमुलक तालिम र देशभक्तिपूर्ण पाठ राख्ने लगायतका माग बुँदागत रुपमा ज्ञापनपत्रमा छ।
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र यस्ताे छ ।