सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर छताछुल्ल, दुर्गन्ध र हिलाेले आवतजावतमा समस्या

काठमाडौं, १८ माघ । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर छताछुल्ल भएकाे छ । ढल फुटेर सडकको आधा भाग हिलाम्मे हुँदा दुर्गन्ध फैलिनुका साथै आवतजावतमा समस्या भएकाे छ ।

सिंहदरबार पूर्वी गेटमा मंगलवार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिएको हो। हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनैपनि पहल गरेको छैन्।

पूर्वी गेट वरपर ढल फुटेर हिलाम्मे हुँदा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना हुनुका साथै पैदल यात्री र सवारीसाधन चालहरुले सास्ती व्यहोर्नुपरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *