शालीनदीमा एक महिनादेखि जारी माधवनारायण व्रत आज समापन हुँदै

काठमाडौं, २२ माघ । आज माघ शुक्ल पूर्णिमाका दिन काठमाडौंकाे साँखुस्थित शालीनदीमा एक महिनादेखि जारी माधवनारायण व्रत समापन हुँदैछ ।

पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाको वाचन आज विधिवतरुपमा समापन हुँदैछ ।

पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।

स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने गरिन्छ ।

आज मध्याह्न कालपछि विधिपूर्वक पूजा गरि व्रत समापन गरी रात्रिमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्वक समापन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *