प्रधानमन्त्री दाहाल दलका प्रमुख सचेतकहरुसँग छलफलमा

काठमाडाैं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकलाई साेमबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी छलफलमा बोलाएका हुन्।

बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल गर्न सचेतकहरूलाई छलफलमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार संसदको आगामी बैठकलाई प्रभावकारी रुपमा लैजान सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो।