राजनिति

प्रमुख दलका तीन शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता

काठमाडाैं, २३ माघ । प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता भइरहेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भइरहेको हाे।

सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा लगायतको विषयमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायका प्रमुखलाई राखेर गरेको ब्रिफिङमा अध्यक्ष केपी शर्मा ओली र देउवा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा सुरक्षा निकायका प्रमुख, मन्त्रीहरू, मुख्यसचिव र सीमा सुरक्षा अधिकारीलगायत उपस्थित रहेका छन् ।