अध्यक्ष ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडाैं, २६ माघ । अध्यक्ष ओली नेतृत्वको राजनीतिक संयन्त्रको उच्चस्तरीय बैठक बिहीबार बस्ने भएको छ ।

बैठक दिउँसो ३:०० बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ।

यसैगरी सरकारको कार्यसम्पादन, सुदूरपश्चिम प्रदेश सरकारको विश्वासको मत र राष्ट्रपति निर्वाचन लगायतका एजेन्डामा समेत छलफल हुने बताइएको छ।

संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरूको उपस्थिति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *