प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि सिंहदरबारबाट बाहिरिदैँ ओलीले यसो भन्नुभयो

काठमाडौं, २६ माघ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुदुरपश्चिम प्रदेश सकार जोगिन सक्ने बताउनु भएको छ । प्रधानमन्त्री प्रचण्डसँग सिहदबार भेट गरेर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदैँ उहाँले भन्नुभयो– ‘जोगिन्छ होला, ठीकै छ ।’ प्रचण्डसँग भेटेर एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिनु भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानसँगै सुदुरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । एमालेका तर्फबाट मुख्यमन्त्री बन्नुभएका राजेन्द्रसिंह रावलले आज विश्वासको मत दिने अन्तिम दिन हो ।