उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौं, २७ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वमा रहेको रास्वपाले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएपछि माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिएका छन् तर सत्ता साझेदार दल नेकपा एमालेले गत पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेको छ।

बदलिएको राजनीतिक परिस्थितिका बीच सुदूरपश्चिममा सत्ता गठबन्धन समर्थनमा बनेको नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ ।

फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ। बैठकमा प्रचण्ड सरकारको पूर्णता र राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुनेछ ।