सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

धनगढी, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले शुक्रबार शाहलाई पद तथा गोपनियताको शपथ गराए । मुख्यमन्त्री शाहले शुक्रबार नै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् ।

उनले कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्ति दुई मन्त्रीले पनि आजै शपथ लिएका छन् ।