कर्मचारीकाे पदस्थापन गर्दा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिनुपर्ने

काठमाडौं, २७ माघ । कर्मचारीकाे पदस्थापन गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिनुपर्ने भएकाे छ । मन्त्रालयले एक परिपत्र जारी गर्दै यस्ताे निर्देशन दिएको हाे ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरीय निर्णय अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका विभागीय प्रमुखको पदमा पदस्थापन गर्नुपर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिन निर्देशन दिएको छ ।
मन्त्रालयकाे यसअघिको उक्त व्यवस्था लागु नभएको भन्दै अब अनिवार्य अनुमति लिन निर्देशन दिएको बिज्ञप्तीमा उल्लेख छ । यस्तै मन्त्रालयले कर्मचारीको तोकिएको न्यूनतम सेवा अवधि नपुगी सरुवा गर्नु परेमा पनि मन्त्रालयको सहमति लिन भनेको छ ।
स्वीकृत दरबन्दीको पदमा स्वीकृत पदभन्दा मुनिको श्रेणी/तहको कर्मचारीलाई खटाइएको पाइएको भन्दै मन्त्रालयले परिपत्र जारी गरेको ७ दिनभित्र स्वीकृत दरबन्दी अनुसारको कर्मचारी खटाई मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएको छ ।
यस्ताे छ बिज्ञप्ती हेर्नुहाेस…..