अनेरास्ववियु काे २३ औँ राष्ट्रिय महाधिवेशनकाे पूर्वसन्ध्यामा काठमाडाैंकाे बसन्तपुरमा गरिएकाे फ्ल्यास मुभ( हेर्नुहाेस तश्बिरहरू)

काठमाडौं, १ फागुन । नेकपा (एमाले) को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले २३ औँ राष्ट्रिय महाधिवेशनकाे पूर्वसन्ध्यामा काठमाडाैंकाे बसन्तपुरमा फ्ल्यास मुभ कार्यक्रम गरेकाे छ ।

अनेरास्ववियुले आफ्नाे २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंकाे कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानकाे भवनमा गर्न गइरहेकाे प्रचार प्रसार समितिका नरेश राेकायाले बताए ।

फ्ल्यास मुभ भृकुटीमण्डप, माइतीघर मण्डला, बसन्तपुर डबली हुँदै पाटन दरवारस्वायरमा संचालन हुनेछ ।

महाधिवेशनको फागुन २ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।