सांसद भण्डारीलाई थप उपचारका लागि लगियाे भारत

काठमाडाैं, ४ फागुन । जलेर घाइते भएका कांग्रेस सांसद चन्द्र भण्डारीलाई कीर्तिपुरस्थित बर्न अस्पतालबाट थप उपचारका लागि भारत पठाइएकाे छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईतर्फ लैजान अस्पतालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको हो।
भण्डारीलाई श्री एयरलाइन्सको विमानबाट भारतको मुम्बई लगिनेछ । गए राति ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारीको दुबै हात खुट्टा र अनुहारमा गरी शरीरमा करिब ३० प्रतिशत जलन भएको थियो।
उनकी आमाको भने निधन भएको छ।