नामिबियाले नेपाललाई दियाे २७५ रनको लक्ष्य

काठमाडाैं, ६ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएकाे छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर नेपाललाई २७४ रनको लक्ष्य दिएकाे हाे ।

नामिबियाका लागि जेन ग्रिनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ७५ रनको अविजित इनिङ खेले। त्यस्तै, पिक्की या फ्रान्स ४९ रनको स्कोरमा सोमपाल कामीद्वारा रनआउट भए।

त्यसअघि पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका कार्ल बिर्केनस्टोक्स २० रन तथा लो-हान्ड्रे लौरेन्सलाई ४१ रनमा आउट भए।

माइकल भान लिङ्गेन २२ रन बनाउँदा कप्तान गेर्हार्ड एरसमुस १५ र जन निकोलोफ्टाइ पनि १५ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा करण कीले १ विकेट लिए । सन्दीप लामिछानेले लगातार तेस्रो खेलमा ३ विकेट लिएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *