राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते टुङ्गो लाग्छ : अध्यक्ष ओली

काठमाडौं, ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते टुङ्गो लाग्ने बताउनुभएका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आगामी फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने बताउनुभएकाे हाे ।

अध्यक्ष ओलीले भन्नुभयाे ‘राष्ट्रपति को हुन्छ पहिले नै तय भएको छ । अहिलेको समीकरण जन्मँदा त्यसको जन्मकुण्डलीमा नै लेखेर आएको छ । आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गर्ने उहाँकाे दाबी छ।

उहाँले माओवादीको साथ छाडेर नेपाली कांग्रेससँग गठबन्धन गर्ने विषय प्रोभोकिङ कुरा भएको बताउनुभयाे। ‘अहिले हामीले जस्ताे समीकरण बनाएका हौं। यसलाई चलाइरहेका छौँ, यसलाई नै अघि बढाउँछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *