डा श्रेष्ठको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडाैं, ८ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा डा माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका डा श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको जनाउनुभएको छ ।

लामो समयदेखि दम र छाती रोग सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा डा श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो ।