त्रिभुवन विमानस्थलमा अध्यागमनकाे सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन भएकाे छ । सर्भर डाउन भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बन्न पुगेकाे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेको हाे ।

उनले भने ‘केही समयदेखि अध्यागमनको सफ्टवेयरमा समस्या देखिएको छ । समस्या समाधानका लागि अहिले प्राविधिक टोलिहरु खटिरहेका छन् । तथापि, अबको केही बेरमा नै समस्या समाधान हुनेछ ।

सिंहदरबारबाट सञ्चालित सरकारीसर्भरमा पटक पटक समस्या आइरहेको छ । यसअघि पनि यस्तै समस्या आएको थियो ।