राष्ट्रपति भण्डारी हेटौँडामा

मकवानपुर, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मकवानपुरको हेटौँडा पुग्नुभएको छ ।

हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उहाँ ११ बजे त्यहाँ पुग्नुभएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

हेटौंडा अस्पतालस्थित प्राङ्गणमा उद्घाटन समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीले केही समयपछि सो समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।