राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित )

काठमाडौं, १० फागुन। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेकाे छ ।

आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदानको प्रयास गरेपनि मतदान काठमाडौंमै हुने भएको छ ।

राष्ट्रपतिको निर्वाचनपछि उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुने आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली वुधबार प्रकाशन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

हेर्नुहाेस कार्यतालिका