राष्ट्रपतिका लागि हाम्रो उम्मेदवार पक्का छः ओली

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन १३ गते राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता हुने बताउनु भएको छ ।
प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासमा उहाले भन्नुभयो, ‘अन्त कहाँ के भइरहेको छ, मलाई थाहा छैन ।
राष्ट्रपतिमा भोलि एमालेले मनोनयन दर्ता गर्छ, हाम्रो उम्मेदवार पक्का छ।’ जानकारी अनुसार ओली संसद भवनबाट अन्तिम वार्ताका लागि बालुवाटारतर्फ लागेको जानकारी प्राप्त भएको छ ।