तेह्रथुममा आगलागी, चौध घर पूर्णरूपमा क्षति

तेह्रथुम, १२ फागुन । तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ ।

१४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए । नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ । अहिले आगो नियन्त्रणबाहिर रहेको छ ।

स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगो निभाउन भर्खरै फिदिम नगरपालिकाको दमकल घटनास्थल आइपुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *