देश अस्थिर बन्नुकाे मुख्य कारण प्रचण्ड हाे : पूर्व मन्त्री गुरुङ

कैलाली । नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण देश अस्थिर बन्नगएकाे बताएका छन् ।

कैलालीको धनगढीमा आयाेजित मानवअधिकार एलायन्सको सुदूरपश्चिम प्रदेश अधिवेशनमा बोल्दै पूर्व सञ्चार मन्त्री गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनैतिक स्थिरता हुन नसकेको बताएका हुन् ।

उनले भने, ‘प्रचण्डजस्ता अस्थिर मान्छे हुँदासम्म मुलुकले स्थिरता पाउँदैन। प्रधानमन्त्री पदका लागि पुरानो गठबन्धनबाट एमालेको समर्थन खोज्ने, फेरि कांग्रेसलाई साथ दिनेजस्ता अविश्वसनीय कामले भावी राजनीतिप्रति समेत वितृष्णा जगाएको छ।’

गुरुङले आफ्नो प्रतिबद्धता र इमानदारीमा रहि राजनीतिक स्थायित्व कायम गर्नुपर्नेमा प्रधानमन्त्रीले नै बेइमान गरेकाले जनताले सजाय दिनेसमेत चेतावनी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *