७ महिनामा देउवा र प्रचण्ड सरकारले बाँड्यो साढे ५ करोड आर्थिक सहायता, पूर्वराष्ट्रपति यादवलाई २५ लाख

काठमाडौं, १५ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा देउवा र प्रचण्ड सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता बाँडेकाे छ ।
सरकारले ७ महिनाकाे अवधिमा उक्त साढे ५ करोड रुपैयाँ विभिन्न समयमा विभिन्न व्यक्तीहरूलाई सहयाेग स्वरूप बाँडेकाे हाे । जस अनुरूप पूर्वराष्ट्रपति रामवरण यादवलाई २५ लाख रुपैयाँ आर्थिक सहायता दिएको थियो ।
सरकारले साउनमा ९३ लाख, भदौमा १ करोड ४१ लाख ७७ हजार र असोजमा २५ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ । कात्तिकमा ४४ लाख, मंसिरमा १ करोड ३० लाख ८४ हजार, पुसमा ८८ लाख ७२ हजार र माघमा २४ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको अर्थ मन्त्रालयले जनाएको छ ।