राष्ट्रपतिको निर्वाचनका कारण प्रतिनिधि सभा बैठक स्थगित, अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने
काठमाडौं, १७ फागुन । राष्ट्रपतिको निर्वाचनका कारण प्रतिनिधि सभा बैठक स्थगित भएकाे छ ।
आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको हाे ।
संसद सचिवालयले एक सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।
फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।
