काठमाडौंसहित पहाडी क्षेत्रमा आज धुमधामसँग फागु पर्व मनाइँदै

काठमाडौं, २२ फागुन । काठमाडौंसहित देशका पहाडी क्षेत्रमा आज धुमधामका साथ फागु पर्व मनाइँदैछ।

फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व फाल्गुण शुक्ल अष्टमीको दिन चीर (विशेषरूपले सजाएको लिंगाे ) गाडेपछि होली सुरूभएकाे मानिन्छ।

​वसन्त ऋतुको आगमनसंगै उल्लासका साथ मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने भाइचारा बढाउने दिनका रूपमा लिइन्छ।

फागु पर्व होली नामले पनि चिनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ।

तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ। पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाइन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *