सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै

काठमाडौं, ३० फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार तीन खेल हुँदैछन् । लिगको चौंथो चरण अन्तर्गत मंगलबार तीन खेलहरु हुन लागेको हो ।

खेल एन्फा कम्प्लेक्समा एक र दशरथ रंगशालामा दुई खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

 

संकटा र चर्च ब्वाइजबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ । चर्च ब्वाइज ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने संकटा ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यस्तै रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र फ्रेन्ड्सबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ । जावलाखेल ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने फ्रेन्ड्स ३ खेलमा १ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । । दुई टोलीबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । मछिन्द्र ३ खेलमा १ अंक जोडेर १३ औं स्थानमा रहेको छ भने पुलिस तीन खेलमा अंक विहीन बनेर पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *