उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको फोटोसहितको नमूना मतपत्र सार्वजनिक

काठमाडौं, १ चैत । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको फोटोसहितको नमूना मतपत्र सार्वजनिक गरेको छ ।

आयोगले चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मंगलवार उम्मेदवारको फोटोसहितको मतपत्रको नमूना सार्वजनिक गरेको हो।

संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र राखेको छ । मतपत्रमा उपराष्ट्रपति उम्मेदवारको फोटो पनि राखिएको निर्वाचन आयोगले जनाएकाे छ ।

नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवाद पार्टीबाट रामसहायप्रसाद यादव र प्रमीला कुमारी र जनमत पार्टीका ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन् ।

संघीय संसद्का सदस्यका लागि मतपत्र

प्रदेश सभा सदस्यका लागि मतपत्र