कप्तान रोहित आउट भएसंगै गुमायो नेपालले तेस्रो विकेट

काठमाडौं, २ चैत्र । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

त्रिभूवन विश्वबिद्यालय क्रिकेट मैदानमा भएकाे खेलमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले ७ औं ओभरमा तेस्रो विकेट पनि गुमाएको हो ।

नेपालका कप्तान रोहित कुमार पौडेल १६ रन बनाएर आउट भए । उनलाई आयान खानले १६ रनमा क्याच आउट गराए ।

आउट हुनुअघि रोहितले २५ बलमा ३ चौकाको सहयोगमा १६ रन बनाएका थिए । छैटौं ओभरको समाप्तिमा नेपाल ३८ रन बनाएर खेलिरहेको छ ।