फिनिक्स इन्सपिरेसनको आयोजनामा “नेपाल-चीन संस्कृति सम्मेलन” सम्पन्न ।
काठमाडौं, ८ चैत । नेपाल चीनबिचको संस्कृति आदानप्रदान गर्ने उद्देश्यका साथ नेपाल-चीन संस्कृति सम्मेलन विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । फिनिक्स इन्सपिरेसनले आयोजना गरेका उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रित नेपालका लागि चिनिया राजदुत चेन सङले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम चेनले भन्नुभयो हो हामीमा भाषाको असहजता छ तर हाम्रो यही असजतालाई सहजता दिनकै लागि पनि यस्ता भाषिक एवम् साँस्कृतिक कार्यक्रम आवश्यक बनेको छ । भाषाको सहजता भएपछि दुई देशबीचको मित्रता झनै बलियो हुनेछ । त्यसका लागि फिनिक्स इन्सपिरेसनले महत्वपूर्ण भूमिका खेलेको छ ।
संस्थाका अध्यक्ष बिनोद ब्लोनको अध्यक्षता रहेको उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल–चीन चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेश काजी श्रेष्ठ, विशिष्ट अतिथिमा इजरायलका लागि नेपालका पूर्वराजदुत डा.अन्जान शाक्य लगायत विभिन्न विद्यालयका शिक्षक एवम् प्रधानाध्यापकहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजदूत डा. शाक्यले नेपाल र चीन बीचको दौत्य सम्बन्ध शदीयौं पूरानो भएको र दुई देश बीचको सम्बन्ध संधै व्दिपक्षीय हित, पारस्परिक सहयोग र असल मित्र एवं असल छिमेकीका रुपमा रहंदै आएको बताउनु भयो । यस्तै चीनले संधै नेपाललाई एउटा असल मित्रका रुपमा सहयोग गर्दै आइरहेको र भविष्यमा पनि दुई देशको सम्बन्ध प्रगाढ रहिरहने पनि बताउनु भयो । आजको यस सम्मेलनले दुईदेश बीच सरकारी स्तरमा मात्र नभई जनस्तरमानै सम्बन्ध अझ घनिभुत बनाउने बताउनु भयो ।
यस्तै नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष राजेश काजि शाक्यले दुई देश बीचको सम्बन्ध व्यापार लगानी आदि क्षेत्रमा पनि पहिला भन्दा बढ्दै गएको र नेपाल चीनको व्यापारिक अवस्था मैत्रीपूर्ण हुनु पर्ने र नेपालबाट पनि चीनमा निर्यात बढाएर व्यापारघाटा न्यून गर्दै लानु पर्ने र यसका लागि दुवै देशका सरकारले पारस्परिक लाभका रुपमा आवश्यक कदम चाल्नु पर्ने बताउनु भयो ।
सोमबार काठमाडौको अलोफ होटलमा सञ्चालित उक्त कार्यक्रममा विशेष गरी भाषा,खाना, एवम् साँस्कृतिक कृयाकलापले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पु¥याउने कुरा संस्थाका अध्यक्ष विनोद ब्लोनले बताउनुभयो । आयोजकका तर्फबाट अर्का सदस्य निरोज महर्जनले नेपाल र चीनबिचको मैत्री सम्बन्धलाई यस्ता कार्यक्रमले झन् टेवा पुग्ने बताउनुभयो ।
सम्मेलनमा विभिन्न विद्यालयका विद्यार्थीले चिनियाँ भाषामै कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम सञ्चालन गर्न अलि पहिला नै नेपालस्थित चिनिया राजदुतावाससँग छलफल भएको र कार्यक्रमको लक्ष्य एवम् उद्देश्य राम्रो भएकाले कार्यक्रमप्रति सकारात्मक भई आयोजना गर्न सफल भएकोउहाँले बताउनुभयो । सम्मेलनमा पूर्व मीस नेपाल इभाना मानन्धर, विभिन्न विशिष्ट व्यक्तिहरु लगायत चीनीया भाषा पढेका करीब ५०० जना विद्यार्थीहरुको पनि सहभागीता थियो ।