मदनसुन्दर मध्यपुर थिमि नगरपालिकाको वाच डग मेयर

–श्याम स्मृत
मध्यपुर थिमि (भक्तपुर) । हसमुख निर्वतमान मेयर मदनसुन्दर श्रेष्ठकै उज्यालो मुहारसंगै कला–संस्कृतिको अनुपम अब्बल नगरपालिकाको रुपमा मध्यपुर थिमि नगरपालिका विकासको गजबको उज्यालोमा पुगिसकेको छ। जताततै उज्यालो छर्न सफल उज्यालो मुहारका निवर्तमान मेयर मदनसुन्दर श्रेष्ठलाई तिखा काँडा वीचमा गुलाफ हांसेजस्तै हांस्न सफल मेयरका रुपमा लिइन्छ।

मध्यपुर थिमि नगरपालिकामा नौवटा वडाहरुमा विभाजित रहेको छ। ती वडाहरुमा मदनसुन्दर श्रेष्ठ मेयरमा निर्वाचित हुदा त्यो बेला ६ वटा वडामा नेपाली कांग्रेसको अग्रता रहेको थियो । एकमा नेपाल मजदुर किसान पार्टी र अर्को एकमा स्वतन्त्रको नेतृत्व थियो भने वाँकी एक वडामा मात्र मेयर मदनसुन्दर श्रेष्ठको सूर्य चिन्हवाहक नेकपा एमालेको नेतृत्व रहेको थियो।

त्यस्तो अवस्थामा पाँच बर्षे कार्यकालमा चारैतिर घेरावन्दीमा रहेका मदनसुन्दर श्रेष्ठ नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीको गढ मानिएको मध्यपुर थिमि नगरपालिकामा लोकप्रिय तथा जनप्रिय मेयर बन्न सफलता प्राप्त गरेका थिए । जुन चानचुने कुरा अवश्य होइन । नेकपा एमालेलाई मध्यपुर थिमि नगरपालिकामा सर्वप्रिय वनाउने काममा स्कुले विद्यार्थी जीवनदेखि लागिपरेका निवर्तमान मेयर श्रेष्ठले नपत्याउंदो तरीकाले अघिल्लो स्थानीय निर्वाचनमा लोकप्रिय मत पाउनु भनेको त्यसको परिणाम हो ।

नगरसभामा आफ्नो पार्टीको बहुमत नभएतापनि सवैको मन बुझ्ने गरेर काम बुझाउन सक्नु नै त्यो बेला निवर्तमान मेयर श्रेष्ठको सफलताको रहस्य हो । अर्कोतर्फ, निर्वाचनको बेला घोषणा पत्रमा प्रतिबद्धता गरेको काम गरेर देखाएकै कारण श्रेष्ठ हाम्राभन्दा राम्रा मेयर बन्न सफल भएको हो । अत्यन्त अध्यनशील तथा अनुसन्धानमा ज्यादै खुबी भएको कारण हरेक कार्यमा निपुण मेयरका रुपमा मदनसुन्दर श्रेष्ठलाई लिइने गरेको छ।

पेशाले सिभिल इञ्जिनियर भएतापनि पढाईमा बीएड गरेर शंखधर मेमोरियल हाइस्कुलका फाउण्डर प्रिन्सिपल वनेर अध्यापनको अनुभव वोकेका उनी कानूनमा बीएल गरेर कानूनका हर दफा थाहा पाएका पूर्वमेयर श्रेष्ठले व्यवस्थापन अर्थात म्यानेजमेन्ट विषयमा एमबीएसम्मको अध्ययन पूरा गरेर हर म्यानेजमेन्टमा कुशल म्यानेजमेन्ट गर्न सफल मेयर तथा हाल स्कुलका व्यवस्थापक अनि अध्यापकका रुपमा चिनिएका छन्।

राजनीति गर्नेहरुको अध्ययन हुंदैन भन्नेहरुलाई मेयर मदनसुन्दर श्रेष्ठ चोटिलो जवाफ बनेको छ । विभिन्न विषयमा ग्राजुऐट भएर राजनीतिमा होम्मिएका पूर्व मेयर श्रेष्ठको सोच र खोजमा राजनीति पेशा होइन, यो त केवल जनताको सेवा मात्र हो । पेशाका लागि त मेयर श्रेष्ठका सिभिल इञ्जिनियरिङ, कानून व्यवसाय, विद्यालय व्यवस्थापन लगायतका धेरै बाटाहरु छन् । तर, राजनीति जनताको प्रत्यक्ष सेवा गर्ने माध्यम भएका कारण राजनीतिलाई रोजेका हुन् ।

राजनीति नितान्त समाज सेवा भएको दावी पूर्व मेयर श्रेष्ठको रहेको छ । नेपाली जनताको नाममा राजनीति गर्ने अनि नेपाली जनता माथि नै राज गरेर राजनीति गर्ने हो भने, त्यो निश्चित रुपमा नेपाली जनताप्रति गरेको कुठाराघात तथा अन्याय हो र पाप नै हो भनेर उनले भनेका छन्। जसको कारण अरु पूर्वमेयर भएको अवस्थामा राजनीतिवाटै विदा लिएर आराम गरिरहेको अवस्थामा मदनसुन्दरको व्यस्ततामा कुनै कमी भएको छैन् । मेयर नभएको वर्तमान अवस्थामा अझ धेरै व्यस्तता उनमा बढ्ेको छ। त्यसमाथि, चुप लागेर नबस्ने राजनीतिज्ञ भएको कारण हरदम हरपल जनताकै सेवामा आफू लागिरहेको भन्छन्।

मेयरवाट विदा भैसकेको अवस्थामा पनि मध्यपुर थिमि नगरपालिकालाई कला र कलाकारको अनुपम शहर हो भनेर चिनाउने कार्य मदनसुन्दर श्रेष्ठवाटै भएको छ। नृत्य निर्देशक संघ नेपालको राष्ट्रिय नृत्य दिवस देखि एपिक अवार्डको महाअभियानको अगुवाइ तथा रखवारी गर्ने कार्यको महाअभियान मदनसुन्दर यो बर्ष गरेर मध्यपुर थिमि नगरपालिकाको शान तथा गौरबतालाई अझ उच्च कायम गर्न सफल भएका छन्।
राष्ट्रिय स्तरका महानायक राजेश हमालको स्थानीय पहिरनमा सम्मान दिने कार्य देखि लिएर विश्वविख्यात नेपाली गायक दीपक बज्राचार्यको मनमगनको ऐतिहासिक प्रस्तुति गर्ने कार्यसम्म गरेर सारा नेपाली राष्ट्रिय कलाकारहरुलाई मध्यपुर थिमि नगरपालिको बोडेको ऐतिहासिक कुमारी मन्दिरको स्टेजदेखि कमलपोखरी हुदै थिमिको दुई पोखरी, बालकुमारीसम्म उतारेर उनीहरुलाई क्याटवाक गराएर नगरपरिक्रमा गराउने मदनसुन्दरले मध्यपुर थिमि नगरपालिकालाई विश्वलाई आफू मेयर नहुदाको समयमा पनि चिनाएकै हो।

यति धेरै कला र कलाकारितालाई सम्मान दिएका मदनसुन्दर श्रेष्ठलाई गत फागुन महिनामा मात्र बुटवलमा आयोजित नृत्य निर्देशक संघ नेपालको विशेष कार्यक्रममा तीस किलोको फूलमाला सहित अभिनन्दन गरिएको जानकारी संघका केन्द्रिय अध्यक्ष भुवनदास श्रेष्ठले दिएका छन्।

यसअघि, मेयरको पाँच बर्षे कार्यकाल गजबले सम्पन्न गर्दै विदा हुने पूर्वसन्ध्यामा श्रेष्ठलाई बाजागाजा सहित शानले मध्यपुर थिमि नगरकै दबुली नेपाल नामक संस्थाले भव्य सम्मान गरेको थियो। भव्य सम्मान कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले आफ्नो कार्यावधिमा ४५ वटा मन्दिर, ४२ वटा पार्टी पौवा, १७ वटा पोखरी, २७ वटा ढुंगेधारा, ३ वटा दरवार र ५ वटा बौद्ध विहार पुर्ननिर्माण भएको बताएका थिए।

मेयरवाट निवर्तमान भएको वर्तमान अवस्थामा पनि आफूले वितेका बर्षमा गरेका कार्यहरु तथा गर्न वाँकी कार्यहरुको नियमित अनुगमन गर्ने कार्य देखि निरन्तर वाच डगको रुपमा कार्य गर्दैआएका मदनसुन्दरको व्यस्तता पहिलाभन्दा अझ बढ्ेका छन्। विहान–बेलुका नगरवासीहरुको यथास्थिति बुझेर उनीहरुका समस्यालाई सक्दो समाधान गर्ने कार्य देखि नगरपालिकाले पहिला गरेका र हाल गरिरहेका कार्यहरुको निरन्तर अनुगमन गर्ने कार्यमा मदनसुन्दरको व्यस्तता बढ्ेको छ।

त्यसपछि आफू संस्थापक प्रिन्सिपल रहेको सूर्यविनायक नगरपालिका दक्षिणबाराही स्थित शंखधर मेमोरियल हाइस्कुलको व्यवस्थापन देखि अध्यापनसम्मको कार्यमा निरन्तर लाग्दैआएका मदनसुन्दर श्रेष्ठको हसिलो मुहार जस्तै मध्यपुर थिमि नगरपालिकाको अनुहार पनि हसिलो बनेको छ। वर्तमान मेयर सुरेन्द्र श्रेष्ठलाई आफ्नो पाँच बर्षे कार्यकालको अनुभववाट मागेको समयमा जुनसुकै बेला पनि सहयोग गर्ने कार्य मदनसुन्दरवाट हुदैआएको छ।