कोशी प्रदेशलाई एपीएफकाे १५५ रनको लक्ष्य

काठमाडौं, १६ चैत्र । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेटको उपाधिका लागि कोशी प्रदेशलाई एपीएफले १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेकाे छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनायाे ।

एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ७९ रनको अर्धशतकीय ईनिङ खेलिन्। यस्तै इन्दु बर्माले ५१ रनको अर्धशतकीय इनिङ खेलिन्।

सीता र इन्दुबीच दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी भयो। कोशीका लागि अलिसा खडियाले १ विकेट लिइन्।

अपराजित रुपमा फाइनलमा स्थान बनाएको एपीएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *