सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौं, २६ चैत । बलात्कारआरोपी क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

काठमाडौं जिल्ला अदालतले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो ।

मुद्दा तेस्रो प्राथमिकतामा राखिएका छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

निरन्तर पेशीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन।

यसअघि बुधबारका लागि केशवप्रसाद घिमीरेको इजलासमा सुनुवाइ हुने तय भए पनि दिनको अन्तिम समयमा सुनुवाइ सुरु हुन लाग्दा समय अभाव हुने भन्दै जाहेरीपक्षका कानुन व्यवसायीले पेशी स्थगित गरेका थिए।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *