एसीसी प्रिमियर कपमा सहभागी हुन ओमानको टोली आज आउदै
काठमाडौं २७ चैत्र । आगामी साता नेपालमा हुने एसीसी प्रिमियर कप खेल्नका लागि ओमान राष्ट्रिय क्रिकेट टोली आज साँझ नेपाल आईपुग्ने भएको छ ।
नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकले दुवै टोली आज साँझ काठमाडौं आईपुग्ने बताएका हुन् ।
ओमानले नेपालसँग अभ्यास खेल्ने तयारी भईरहेको छ । समूह ए मा ओमानसँगै आयोजक नेपाल, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहराईन रहेका छन् ।
आईतबार मात्र ओमानले १४ सदस्यीय टोली घोषणा गरेको थियो ।
ओमानको टोलीमा जिशान मक्सूद (कप्तान), अकिब इलियास (उपकप्तान), जय ओडेरा, कलीमुल्लाह, शोएब खान, कश्यपकुमार प्रजापति, अदील शफीक , जतिन्दर सिंह, मोहम्मद नदीम, सन्दीप गौड, बिलाल खान, अयान खान, नसीम खुशी र फैयाज बट्ट छन् ।