सरकारले जग्गाको खण्डीकरण गरेर खाद्य सङ्कट बढाउँदैछ: सांसद सुब्बा

काठमाडाैं, ६ वैशाख । सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति सांसद सरस्वती सुब्बाले आपत्ति जनाइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै सांसद सुब्बाले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गा कित्ताकाट खुलाउन गरिएकाे निर्णयप्रति आपत्ति जनाउनुभएकाे हाे ।

उहाँले साविककै अवस्थामा जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण बाट खाद्य सङ्कट बढ्ने बताउनुभयो ।

उहाँले सरकारले जग्गा कित्ताकाट खुलाएर कृषिभूमि समाप्त पार्ने बाटो खोल्ने बताउनुहुँदै जमिनको दलालीकरण बढाउने खेल भएकाे बताउनुभयाे ।