युएईले कुवेतलाई दियो जितको लागि ३७२ रनको लक्ष्य
काठमाडाैं, ६ वैशाख । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई जितको लागि ३७२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योफगल बनाएको हो ।
युएईका लागि वृत्य अरविन्द र रोेहन मुस्ताफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए ।
त्यस्तै मुस्ताफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए ।
आसिफ खानले ३० रन जोडे भने कुवेतका लागि शाहरुख क्युदुस प्रविन्द्र कुमारले दुई विकेट लिए । खेलमा यासिन पटेल र सायद मोनिबले पनि समान एक एक विकेट लिए ।