चितवन-२ बाट रवि लामिछाने भारी मतले विजयी

काठमाडौं, १२ वैशाख । चितवन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतका साथ विजयी हुनुभएकाे छ ।

अन्तिम मत परिणाम अनुसार लामिछाने ५४ हजार २७६ मत प्राप्त गरेर भारी मतका साथ विजयी हुनुभएकाे हाे ।

उहाँका निकटतम् प्रतिद्वन्दी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ पाउनुभएकाे छ भने एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाउनुभएकाे छ ।

चितवन क्षेत्र नं. २ मा यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याउनुभएकाे थियाे ।