पश्चिमी वायुसँगै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

काठमाडौँ,  मङ्सिर ४ । देशमा हाल पश्चिमी वायुसँगै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, मधेस र बागमती प्रदेशका साथै गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

त्यस्तै, आज बिहान तराईका भूभाग, काठमाडौँ उपत्यका तथा विभिन्न खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *