ओमनद्वारा साउदी अरेबियालाई ३६७ रन लक्ष

काठमाडाैं, १३ वैशाख । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत् आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँर्दै ३६६ रनको योगफल बनाएको हो । ओमनका पाँच ब्याटरले अर्धसतक प्रहार गरे ।

ओमनका जितेन्द्र सिंहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन ।

त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे । त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए ।

बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे । यस खेलको विजेता टोली समूह ए बाट सेमिफाइनलमा पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *