एसीसी प्रिमियर कप : नेपाल १५७ रनमै अलआउट

काठमाडौं, १४ वैशाख । एसीसी प्रिमियर कपमा कतारले नेपाललाई १५७ रनमै अलआउट गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले लगातार विकेट गुमाएर ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो ।

१० औं नम्बरमा आएका सन्दीप लामिछाने सबैभन्दा धेरै रन बनाए । उनले सर्वाधिक ४२ रन योगदान गरे । ५८ बलको सामना गरेका उनले ६ चौका हानेका थिए ।

कप्तान रोहितकुमार पौडेलले २७ रन बनाए भने आसिफ शेखले १९ रन बनाए । दीपेन्द्र सिंह ऐरी १२, सोमपाल कमी र आरिफ शेख ११/११ रनमा आउट हुँदा अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्नै सकेनन् ।

कतारका अमिर फारुकले सर्वाधिक ४ विकेट लिए । अर्का खेलाडी ओवाइस अहमदले तीन विकेट लिए ।