अर्घाखाँची आगलागी : मृतकको संख्या चार पुग्यो

अर्घाखाँची, २७ वैशाख । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ मा आगो निभाउने गएका घाइते मध्य थप एकजनाको मृत्यु भएको छ।

आगो निभाउने क्रममा गम्भीर घाइते भएका स्थानीय माधव बेल्बासेको बुधबार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हाे । माधवसहित मृतकको संख्या चार पुगेकाे छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेका अनुसार भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भैसकेकाे छ ।

गम्भीर घाइते भएका पाँचमध्ये अस्मिता बेल्बासेको मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ।

मंगलबार बिहान भूमिकास्थान–२ तिरतिरे खोलागाउँको जङ्गलमा लागेको डढेलो स्थानीय पदम बेल्वासेको घरमा सल्किएपछि आगो निभाउन जानेक्रममा पाँच जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *