पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडाैं, २७ वैशाख । जिल्ला अदालत काठमाडौंले कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई तीन दिन हिरातमा राख्न अनुमति दिएको छ ।
अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंलाई तीन दिनको म्याद थप गरेर अनुसन्धान गर्न समय दिएकाे हो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा संलग्न देखिएपछि बुधबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
खाँणलाई यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा बुधबार प्रहरीले निवासबाटै पक्रेकाे थियो ।
यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।
खाण पक्राउ परेसँगै खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।
यो प्रकरणमा पक्राउ पर्नेहरूकाे संख्या १२ पुगेको छ ।