मेलम्चीको पानी आजदेखि दुई साता बन्द

काठमाडौं, १ जेठ । मेलम्ची आयोजना स्थलको मुहानमा मर्मत सम्भारका लागि काठमाडौं उपत्यकामा आजदेखि दुई साताका लागि मेलम्चीको पानी वितरण बन्द गरिएको छ ।

हेलम्बु-१ स्थित आयोजनाको गेट नम्बर- ९ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिण्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिएको हाे ।

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार यो काम गरेपछि सामान्य बाढी आएका बेलामा पनि आयोजना सञ्चालनमै राख्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *