बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ जना नवनियुक्त मन्त्रीले लिए सपथ

काठमाडाैं, ७ जेठ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गर्नु भएसंगै ६ जना नवनियुक्त मन्त्रीहरुले आजै सपथग्रहण गर्नुभएकाे हाे ।
बागमती प्रदेश प्रमुखको कार्यालयमा भएको समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई सपथग्रहण गराउनुभएकाे छ ।
नेपाली कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्री र रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बन्नुभएकाे छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट डाक्टर राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्री बन्नुभएकाे छ ।