काठमाडौं उपत्यकामा भोलि सार्वजनिक विदा

काठमाडाैं, १० जेठ । काठमाडौं उपत्यकामा भोलि सार्वजनिक विदा हुने भएको छ।

गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकाे हाे ।

बिहिबार रातो मत्स्यन्द्रनाथको भोटो देखाउने जात्रा भएकाेले उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।

जाउलाखेलमा राखिएको मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने चलन रहिआएकाे छ ।

यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ।