संयुक्त राष्टसंघीय बालअधिकार महासन्धिको तेस्रो इच्छाधीन आलेखको अनुमोदनको सान्दर्भिकता सम्बन्धी अध्ययनको प्रारम्भिक मस्यौदामाथि अन्तरकृया कार्यक्रम
काठमाडौं, १५ जेठ । राजधानीमा संयुक्त राष्टसंघीय बालअधिकारको सञ्चार प्रतिक्रियासम्वन्धि तेस्रो इच्छाधीन आलेख अनुमोदनका लागि क्रियाशील सञ्जाल र्याटिफाइ ओपिथ्री सिआरसी कलिसन र बालअधिकार समिति, मानवअधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसीसी) द्वारा नेपालले बालअधिकारको सञ्चार प्रतिक्रिया सम्वन्धि तेस्रो इच्छाधीन आलेख अनुमोदनको सान्दर्भिकता विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
ललितपुरस्थित हिमालय होटलमा सञ्चालित सो कार्यक्रम सञ्जालको संयोजन गरिरहेको बालअधिकारका क्षेत्रमा क्रियाशिल संस्था चाइल्ड नेपालले आयोजना गरेको सो अन्तक्रिया कार्यक्रममा अध्ययनको प्रारम्भिक मस्यौदामाथि बालअधिकारसँग सरोकार राख्ने नेपाल सरकारका निकायहरु, मानवअधिकार अनुगमनकारी संवैधानिक निकायहरु एवं बालअधिकारसंग प्रत्यक्ष सरोकार राख्ने नागरिकसमाजका संघ, संस्था तथा सञ्जालहरुसँग अध्ययनको प्रारम्भिक मस्यौदामाथि छलफल भएको हो ।
छलफलमा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोयका अध्यक्ष तपबहादुर मगर, विशिष्ट अतिथिहरू क्रमस राष्ट्रिय महिला आयोगका अध्यक्ष, कमला पराजुली, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्मा, आदिबासी, जनजाती आयोगका अध्यक्ष, रामबहादुर थापामगर, मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त, थारू आयोगका अध्यक्ष, विष्णुप्रसाद चौधरी, राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले मन्तब्य राख्नुभएको थियो ।
त्यस्तै, विशेष अतिथिहरू राष्ट्रिय मानवअधिकार अयोगका पूर्व आयुक्त प्राध्यापक कपिल श्रेष्ठ तथा गौरी प्रधान एवं इन्सेकका अध्यक्ष डा.कुन्दन अर्याल, महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रलयका प्रवक्ता यमलाल भूषाल, राष्ट्रिय बालअधिकार परिषदका सदस्य सचिव, इन्द्रा ढकाल, मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका उप सचिव मणिराम ज्ञवाली, गृहमन्त्रालयका प्रतिनिधि विजय महर्जनका साथसाथै सहभागी बालअधिकारका क्षेत्रमा कृयाशील नागरिकसमाजका संघसंस्थाहरुका सञ्जालका, प्रमुख, संयोजक तथा प्रतिनिधिहरू, माधव प्रधान, कुमार भट्टरई, तिलोत्तम पौडेल, राजेश शर्मा, रविन नेपाली, प्रदीप लामिछाने, राजेन्द्र पहाडी, डा.बाबुराम अधिकारी अशाेक खनाललगाएतका सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा सह प्राध्यापक कपिल अर्यालबाट ओपिथ्री सिआरसीको सान्दर्भिकता सम्बन्धि अध्ययनको प्रारम्भिक मस्यौदा प्रस्तुत गरिएको र मस्यौदा सम्बन्धि बालअधिकार सम्बद्घ सहभागीहरूले गम्भीर बिमर्श गर्नुका साथै रचनात्मक सुझावहरु पनि प्रस्तुत भएका थिए । प्राप्त सुझवहरुलाई पनि समावेश गरेर अध्ययन प्रतिवेदनलाई पूर्णता दिने र सहभागी सबै संवैधानिक आयोगहरु, राष्ट्रिय बालअधिकार परिषद, सञ्जालतथा संघसंस्थाहरुका तर्फबाट संयुक्त राष्टसंघीय बालअधिकार महासन्धिको सञ्चार प्रतिक्रियासम्वन्धि तेस्रो इच्छाधीन आलेख अनुमोदनका लागि संयुक्त रुपमा क्रियाशील हुने प्रतिबद्धता ब्यक्त गरिएको छ ।
विकास साझेदार संस्थाहरु सेभ द चिल्ड्रन, के.एन्. एच. जर्मनी र ताइवान फउण्डेशनको पनि सहयोग र सहकार्यमा सम्पन्न त्यस कार्यक्रममा बालबालिका राष्ट्रिय गौरव सम्बन्धि पृष्ठभूमिका बारेमा जानकारी गर्नुहुँदै कार्यक्रमका विशेष वक्ता गौरी प्रधानले सो आयोजक सञ्जालका संयोजक तथा अन्तरक्रिया कार्यक्रमका अध्यक्ष डा.कृष्ण सुवेदीका साथै शिक्षाका लागि अभियानका अध्यक्ष राजेन्द्र पहाडीलाई “बालबालिका राष्ट्रिय गौरव” सम्बन्धि सन्देश पट्ट हस्तान्तरण गर्नुभएको थियो ।