साधारण खर्च घटाउन २० वटा संस्थान खारेज
काठमाडाैं, १५ जेठ । सरकारले साधारण खर्च घटाउने उदेश्यले २० वटा संस्थान खारेज गरेकाे छ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्च घटाउने उदेश्यले २० वटा बाेर्ड तथा समिति खारेज गरेकाे बताउनुभएकाे हाे ।
मंसिर मसान्तसम्म त्यस्ता बोर्डको सम्पत्ति मन्त्रालय मातहत राखिने उल्लेख गरिएको छ।