कागज वा कपडाको झोलालाई प्राथमिकता

काठमाडौं, १५ जेठ । सरकारले प्लास्टिकजन्य झाेलालाई निरूत्साहित गर्न कागज वा कपडाको झोलालाई प्राथमिकता दिइने भएकाे छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले प्लास्टिक झोलाकाे सट्टा कागज वा कपडाको झोलालाई प्राथमिकता दिइने बताउनुभएकाे हाे ।

उहाँले कागज वा कपडाको झोला प्रयाेगमा प्राेत्साहन गर्नुभएकाे छ ।