अब जुनकुनै विषय अध्ययन गरेका व्यक्ति शिक्षक अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी हुन पाउने

काठमाडाैं, १५ जेठ । सरकारले शिक्षक अध्यापन अनुमति पत्रको परीक्षामा जुनकुनै विषय अध्ययन गरेका व्यक्ति सहभागी हुन पाउने व्यवस्था गरिने भएकाे छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले शिक्षक अध्यापन अनुमति पत्रको परीक्षामा जुनकुनै विषय अध्ययन गरेका व्यक्ति सहभागी हुन पाउने व्यवस्था गरिने बताउनुभएकाे हाे ।

सरकारले शैक्षिक योग्यताका आधारमा आधारभूत तहका शिक्षकलाई माथिल्लो तहकाे रिक्त पदमा समायोजन र स्तरोन्नती गरिने भएको छ।

त्यस्तै विद्यालयकाे प्रधानाध्यापक छनोट गर्दा खुला प्रतिस्पर्धाबाट गर्न स्थानीय तहलाई प्रोत्साहित गरिने भएकाे छ।