बाग्मती प्रदेशसभाकाे बैठक हेटौंडामा बस्दै

मकवानपुर, १७ जेठ । बागमती प्रदेशसभाकाे बैठक आज हेटौंडामा बस्दैछ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।

प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरूले धारणा र संशोधन प्रस्तावमाथि छलफल गर्नेछन् ।

प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तावका लागि मंगलवारसम्म समय दिइएको थियो । मंगलवारसम्म आएका संशोधन प्रस्तावमाथि आजदखि छलफल हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *